Kitab Charcha

E. P. THOMPSON: THE MAKING OF THE ENGLISH WORKING CLASS

Hari Sharma Season 1 Episode 9

Use Left/Right to seek, Home/End to jump to start or end. Hold shift to jump forward or backward.

0:00 | 17:08

आजको अंकमा हरि शर्माले ई.पी. थम्पसनको प्रसिद्ध कृति ‘द मेकिङ अफ द इंग्लिस वर्किङ क्लास’को चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकलाई समाजशास्त्र र इतिहासको क्षेत्रमा कोसेढुंगा मानिन्छ।

यस पुस्तकले १८औं र १९औं शताब्दीको बेलायतमा भएको औद्योगिक क्रान्तिको प्रभावलाई छर्लंग पार्दै, कसरी श्रमिक वर्गले आफ्नो अधिकार र स्वतन्त्रताका लागि संघर्ष गरे भन्ने विषयमा गहन अध्ययन प्रस्तुत गरेको छ। थम्पसनले यस ऐतिहासिक कालखण्डलाई केवल आर्थिक परिवर्तनको रूपमा मात्र नभई, श्रमिक वर्गको सामाजिक र राजनीतिक विकासको रूपमा समेत चित्रण गरेका छन्।

थम्पसनले यो पुस्तकमा विशेष गरी श्रमिक वर्गलाई कहिल्यै पनि निष्क्रिय पीडितका रूपमा नदेखी, उनीहरूलाई सक्रिय, राजनीतिक रूपमा सचेत समूहका रूपमा प्रस्तुत गर्दै इतिहास पुनर्लेखनको काम गरेका छन् ।अब हरि शर्माबाट यस पुस्तकका प्रमुख बुँदाहरूको विस्तृत चर्चा सुन्नुहोस्।

पडकाष्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न, र सब्सक्राइब गर्न नबिर्सनुहोस्। कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने, हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।