Kitab Charcha

HARI SHARMA: WHY READ?

Hari Sharma Season 1 Episode 12

आजको किताब चर्चा २०२० मार्च महिनामा प्रसारित पहिलो अंकको पुन: प्रसारण हो। यो अंकमा हरि शर्मा आफ्नै पठनपाठनको रुचि र लगावबारे कुरा गर्दै हुनुहुन्छ। यसमा उहाँले आफ्नो पठनयात्रा सानै उमेरदेखि कसरी शुरू भयो भन्ने कथा प्रस्तुत गर्दै हुनुहुन्छ।

आफू मलाया, हङकङ, सिंगापुर र नेपालमा बस्दा सानैदेखि कसरी किताब पढ्ने बानी लाग्यो, त्यसले जीवनमा कस्तो प्रभाव पार्‍यो र किताब पठन जीवनको अभिन्न हिस्सा कसरी बन्यो भन्नेबारे हरि शर्मा आफ्नै अनुभव साझा गर्दै हुनुहुन्छ। साथै उहाँले पठन परम्पराबारे पनि बताउँदै हुनुहुन्छ। उहाँले पढौँ, बुझौँ र सुनाऔँ भन्ने ध्येयले प्रेरित भएर आजसम्मका पठन अनुभवहरूलाई प्रस्तुत गर्दै आउनुभएको छ। अब हरि शर्माको पठनयात्राको वृतान्त सुन्नुस् उहाँकै शब्दमा।

 कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।