
Kitab Charcha
किताब चर्चामा स्वागत छ!
उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न 'अडियो प्रोजेक्ट' ल्याएको छ। यस्तै प्रोजेक्ट अन्तर्गतको कार्यक्रम 'किताब चर्चा'मा सञ्चालक हरि शर्माले वषौँदेखि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श गर्नेछन्, केही समकालीन तथा 'क्लासिक' किताबबारे चर्चा हुनेछ। ती किताब समाजशास्त्र, अर्थशास्त्र र राजनीतिसँग सम्बन्धित हुनेछन्। यद्यपि, यस कार्यक्रमले कुनै पनि किताबको व्यावसायिक प्रवर्द्धन अथवा समीक्षाको उद्देश्य राख्दैन।
------------------------------------------------------------------------------------------------------------------
Welcome to Kitab Charcha!
In a bid to diversify its stream of operations, and to contribute to civic space discussions/dialogues, Ukaalo Abhiyan, in its second year, launched and collaborated on various audio projects.
On Kitab Charcha host Hari Sharma discusses books on various social issues that he has read over the course of several years. Some of the books are contemporary, and others are classics. The show is neither promoting those books for commercial purpose nor reviewing the contents. Sharma uses the books to provide contexts as he discusses ideas from sociology to economics to political science.
Kitab Charcha
PRATYOUSH ONTA, LOKRANJAN PARAJULI, & MARK LEICHTY:NEPAL IN THE LONG 1950s
आजको अंकमा हरि शर्माले प्रत्यूष वन्त, लोकरञ्जन पराजुली र मार्क लिच्टीद्वारा सम्पादित 'Nepal in the Long 1950s' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले सन् १९५० को दशकमा नेपालको राजनीतिक संक्रमण, राणा शासनको अन्त्य र प्रजातन्त्रको शुरूआती अवस्थालाई विस्तृत रूपमा वर्णन गरेको छ। साथै, यो किताबले दोस्रो विश्वयुद्धपछिका उपनिवेशवाद विरोधी आन्दोलन र नयाँ प्रकारका पुँजीवादको उदयको विश्वव्यापी घटनाक्रमहरूले नेपाललाई पारेको प्रभावबारे पनि बर्णन गर्दछ।मार्टिन चौतारीद्वारा सन २०२४ मा प्रकाशित किताब 'Nepal in the Long 1950s' र यससँगै नेपालको १९५० को दशकको ऐतिहासिक परिप्रेक्ष्यबारे हरि शर्मा आज चर्चा गर्दै हुनुहुन्छ।
कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।