
Kitab Charcha
किताब चर्चामा स्वागत छ!
उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न 'अडियो प्रोजेक्ट' ल्याएको छ। यस्तै प्रोजेक्ट अन्तर्गतको कार्यक्रम 'किताब चर्चा'मा सञ्चालक हरि शर्माले वषौँदेखि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श गर्नेछन्, केही समकालीन तथा 'क्लासिक' किताबबारे चर्चा हुनेछ। ती किताब समाजशास्त्र, अर्थशास्त्र र राजनीतिसँग सम्बन्धित हुनेछन्। यद्यपि, यस कार्यक्रमले कुनै पनि किताबको व्यावसायिक प्रवर्द्धन अथवा समीक्षाको उद्देश्य राख्दैन।
------------------------------------------------------------------------------------------------------------------
Welcome to Kitab Charcha!
In a bid to diversify its stream of operations, and to contribute to civic space discussions/dialogues, Ukaalo Abhiyan, in its second year, launched and collaborated on various audio projects.
On Kitab Charcha host Hari Sharma discusses books on various social issues that he has read over the course of several years. Some of the books are contemporary, and others are classics. The show is neither promoting those books for commercial purpose nor reviewing the contents. Sharma uses the books to provide contexts as he discusses ideas from sociology to economics to political science.
Kitab Charcha
RISHIKESH SHAH: NEPALI POLITICS - RETROSPECT AND PROSPECT
आजको अंकमा हरि शर्मा ऋषिकेश शाहद्वारा लिखित पुस्तक "Nepali Politics: Retrospect and Prospect" को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तक नेपालको राजनीतिक इतिहास, विशेष गरी पञ्चायती शासन प्रणाली अभ्यास भएको एक दशक पछाडीको अवस्थाको विश्लेषणमा केन्द्रित छ।
यो एपिसोड अघिल्लो अंकको निरन्तरता हो। पञ्चायती व्यवस्थाको विश्लेषण गर्दा ऋषिकेश शाहले राजनीतिक विकासको प्रक्रिया र संकटका विभिन्न पक्षहरूलाई "Crisis and Sequences in Political Development" किताबकै दृष्टिकोणबाट हेर्नुभएको छ। शाहाको पुस्तकले नेपालको राजनीतिक परिदृश्यमा देखिएका संरचनात्मक समस्या, ती समस्याले उत्पन्न गरेको अस्थिरता र सम्भावित समाधानहरूबारे गहिरो दृष्टिकोण प्रदान गर्दछ।