
Kitab Charcha
किताब चर्चामा स्वागत छ!
उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न 'अडियो प्रोजेक्ट' ल्याएको छ। यस्तै प्रोजेक्ट अन्तर्गतको कार्यक्रम 'किताब चर्चा'मा सञ्चालक हरि शर्माले वषौँदेखि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श गर्नेछन्, केही समकालीन तथा 'क्लासिक' किताबबारे चर्चा हुनेछ। ती किताब समाजशास्त्र, अर्थशास्त्र र राजनीतिसँग सम्बन्धित हुनेछन्। यद्यपि, यस कार्यक्रमले कुनै पनि किताबको व्यावसायिक प्रवर्द्धन अथवा समीक्षाको उद्देश्य राख्दैन।
------------------------------------------------------------------------------------------------------------------
Welcome to Kitab Charcha!
In a bid to diversify its stream of operations, and to contribute to civic space discussions/dialogues, Ukaalo Abhiyan, in its second year, launched and collaborated on various audio projects.
On Kitab Charcha host Hari Sharma discusses books on various social issues that he has read over the course of several years. Some of the books are contemporary, and others are classics. The show is neither promoting those books for commercial purpose nor reviewing the contents. Sharma uses the books to provide contexts as he discusses ideas from sociology to economics to political science.
Kitab Charcha
ROBERT B. TALISSE - OVERDOING DEMOCRACY: WHY WE MUST PUT POLITICS IN ITS PLACE
के लोकतन्त्रको अत्यधिक प्रयोगले समाजलाई ध्रुवीकृत बनाउँछ? सामाजिक वा व्यक्तिगत तहका हरेक कुराकानी राजनीति केन्द्रित हुन थाले भने लोकतन्त्र बलियो हुन्छ वा कमजोर?
आजको अंकमा हरि शर्मा रोबर्ट बी. टलिसद्वारा लिखित पुस्तक "Overdoing Democracy: Why we must put politics in its place" को चर्चा गर्दै हुनुहुन्छ। टलिसले यस पुस्तकमा आधुनिक लोकतान्त्रिक समाजमा अत्यधिक राजनीतिकरणले कसरी सार्वजनिक जीवन र सामाजिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुभएको छ।
लोकतन्त्र स्वस्थ रहनका लागि नागरिक सहभागिता आवश्यक छ, तर जब हरेक सामाजिक गतिविधि, सम्बन्ध र पहिचान राजनीतिक प्राथमिकताबाट निर्देशित हुन थाल्छ, तब लोकतान्त्रिक मूल्यहरू कमजोर हुन थाल्छन् भन्ने तर्क पुस्तकले गर्छ । "Overdoing Democracy" ले हाम्रो सामाजिक र व्यक्तिगत जीवनलाई पुनर्विचार गर्न आग्रह गर्दै लोकतन्त्रको सन्तुलित अभ्यास कसरी सम्भव छ भन्नेबारे विचार प्रस्तुत गर्दछ।